राष्ट्रपतिद्वारा बस्नेतको निधनप्रति दुःख व्यक्त

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले प्रजातन्त्रका सेनानी, जननायक बिपी कोइराला स्मृति ट्रष्टका संस्थापक तथा कोषाध्यक्ष पुरुषोत्तम बस्नेतको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।

राष्ट्रपति पौडेलले शोक सन्देशमार्फत बस्नेनको आत्माको चीर शान्तिको कामना गर्दै शोक–सन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्नुभएको ट्रष्टले जनाएको छ । सोलुखुम्बुमा जन्मेर नेपालको प्रजातान्त्रिक आन्दोलनमा जीवन समपर्ण गर्नुभएका बस्नेत एक निष्ठावान र इमान्दार राजनीतिकर्मीका रुपमा परिचित हुनुभएको राष्ट्रपतिले उल्लेख गर्नुभएको छ ।

विसं २०१७ मा जननिर्वाचित सरकारलाई अपदस्थ गरेर निरङ्कुश तानाशाही व्यवस्था लादिएपछि त्यसका विरुद्धमा कलिलै उमेरबाट बस्नेतले आफूलाई होम्नुभएको थियो । लामो समयसँगै जेलमा सँगै बसेका दिनहरु सम्झँदै राष्ट्रपतिले गणतन्त्र सुदृढिकरण, प्रजातान्त्रिक मूल्यमान्यताको विकास र प्रेस स्वतन्त्रतालाई मूल मुद्दा बनाएर बस्नेतले संविधानसभामा गर्ने बहस स्मरणीय रहेको उल्लेख गर्नुभएको छ ।

राष्ट्रपतिबाट प्राप्त शोक सन्देश आज स्व बस्नेतको परिवारजन समक्ष उहाँको निवास सिफल हाइटमा वाचन गरिएको थियो । उक्त सन्देश लिएर राष्ट्रपतिकी सुपुत्री अवज्ञा पौडेल र प्रेस सल्लाहकार किरण पोखरेलसहितका अन्य उच्च अधिकारीको उपस्थिती थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.