नक्कली भूटानी शरणार्थीसँगै अन्य घोटला प्रकरणको पनि छानविन गरौँ- राप्रपा

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीले भ्रष्टाचार उन्मुलनका लागि नक्कली भुटानी शरणार्थी छानिवनसगै विवादित भएका अन्य प्रकरणको पनि छानिवन गर्न माग गरेको छ ।

पार्टीको केन्द्रीय कार्य समितिको बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा क्यान्टोमेन्ट घोटाला , ललिता निवास जग्गा प्रकरण , एनसेल प्रकरण र वाइड बडी लगायतका विवादित विषयमा पनि तत्काल छानबिन गरी टुगोंमा पुर्याउन सरकारसंग माग गरेको हो ।

राप्रपाले २०४६ पछिका उच्चपदस्थ राजनीतिक लाभका पदमा रहेका नेता र कर्मचारीको सम्पत्ति छानबिन गर्न समेत माग गरेको पार्टीका अध्यक्ष राजेन्द्र लिडदेलले बताउनुभयो ।

बैठकमा २०४६ पछिका राजनितिक नियुक्त्त रहेका तथा कर्मचारीहरुको सम्पत्ति छानविन गर्न उच्चस्तरीय स्वतन्त्र नागरिक आयोग गठन गर्न पनि पार्टीले माग गरेको छ ।

यस्तै पार्टीले आगामी निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुवैतर्फ पचास प्रतिशत उम्मेद्वार प्राइमरी निर्वाचन प्रणालीबाट चयन गर्ने पनि पार्टीले निर्णय गरेको छ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.