नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष शाहलगाएत चार पत्रकार सम्मानित

पूर्वी नवलपरासी- नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष समिरजंग शाहलगाएत चार जना पत्रकारहरुलाई ‘सुर्यभक्त पतनादेवि पत्रकारिता पुरस्कार’बाट सम्मानित गरिएको छ ।

नेपाल प्रेस युनियन नवलपुर शाखाको एघारौं साधारणसभा एवं अधिवेशनको अवसरमा अध्यक्ष शाहलाई सम्मानित गरिएको हो । सो अवसरमा उक्त नेपाल टेलिभिजनका चितवन जिल्ला संवाददाता इश्वर जोशी, डा भुमिराज चापागाई, वरिष्ठ पत्रकार सुर्यचन्द्र बस्नेत सम्मानित हुनुभएको हो ।

सांसद शशांक कोईरालाले नगद पुरस्कार र सम्मान-पत्र प्रदान गर्नुभएको थियो । प्रत्येक वर्ष प्रदान गरिने उक्त पुरस्कारको राशि जनही २५ हजार १ सय ५६ रहेको छ ।

कार्यक्रममा बोल्दै सांसद कोइरालाले लोकतन्त्रको रक्षा र सम्बर्द्धनका लागि प्रेस स्वतन्त्रता आजको आवश्कता भएको बताउनुभयो । पत्रकारहरुले सत्य र निष्पक्ष समाचार मात्र प्रकाशन गर्नुपर्नेमा जोड दिंदै समाजमा भम्र फैलाउने खालका समाचारहरु सम्प्रेषण गर्न नहुने बताउनुभयो ।

सो अवसरमा गण्डकी प्रदेशका कृषि तथा भुमि व्यवस्था मन्त्री महेन्द्रध्वज जिसीले वर्तमान अवस्थामा पत्रकारहरुले भम्र सिर्जना गरेको अवस्थामा लोकतन्त्रमा विश्वास गर्ने प्रेश युनीयनका पत्रकारहरुले समाजमा सत्य र तथ्य सुचना प्रवाह गर्नुपर्ने बताउनुभयो । नेपाल प्रेस युनियन नवलपुरको एघारौं अधिवेशनले नयां १५ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.