भारतमा आगामी साता अत्यधिक गर्मीको चेतावनी

भारतमा आगामी साता सात वटा राज्यमा अत्यधिक गर्मी हुने चेतावनी दिंदै सावधानी अपनाउन आग्रह गरिएको छ ।

भारतको मौसम विज्ञान विभागका अनुसार उत्तर प्रदेश, पश्चिम बङ्गाल, झारखण्ड, दक्षिण हरियाणा, पश्चिम राजस्थान, छत्तीसगढ र उत्तरी मध्य प्रदेशका केही क्षेत्रमा अत्यधिक गर्मीको सम्भावना रहेको छ ।

यी राज्यहरुमा तातो हावा चल्नुका साथै वातावरण अत्यधिक तातो रहने भएकाले नागरिकलाई आवश्यक सावधानी अपनाउन आग्रह गरिएको हो । विभागका अनुसार आगामी पाँच दिनसम्म उडिसाका साथै कोंकण क्षेत्र, आन्ध्र प्रदेश, तमिलनाडु र केरलामा तातो र असहज मौसम रहने अनुमान गरिएको छ ।

यी राज्यहरुमा ४० डिग्री सेल्सियसभन्दा माथि तापक्रम पुग्ने पूर्वानुमान गरिएको छ । चर्को गर्मीले कैयौँ राज्यमा प्रभाव जमाइरहेका बेला मानिसहरूले राहतका लागि चिसो पेय पदार्थको खपत बढाएसँगै यस्ता वस्तुको पदार्थको माग धान्नै मुस्किल परेको जनाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.