नक्कली शरणार्थी प्रकरणः सक्कली भुटानी शरणार्थीको प्रदर्शन

मोरङ- नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएकालाई कार्वाहीको माग गर्दै सक्कली भुटानी शरणार्थीहरु सडकमा ओर्लिएका छन् । मोरङको पथरी शनिश्चरे शिविर क्याम्पमा रहेका भुटानी शरणार्थीहरुले सो प्रकरणमा संलग्नहरुलाई कार्वाहीको माग गर्दै आफूहरुको उचित व्यस्थापनका लागि सरकारको ध्यानाकर्षण गराएका छन्

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोह पक्राउ परेसँगै देशभर व्यापक बिरोध भईरहेको छ । पथरी शनिश्चरे-१० मा रहेका भुटानी शरणार्थीहरुले भुटानीहरुप्रति भएको बैमानी, शरणार्थीको नाम बेचेर गरिएको मानव तस्कर, छुटेका भुटानीको पुनःस्थापनाको माग राख्दै शान्तिपूर्ण आन्दोलन गरेका छन् ।

नक्कली शरणार्थीका कारण सक्कली शरणार्थीको पुर्नमिलन कार्यमा ढिलासुस्ती गरेको भन्दै भुटानी शरणर्थीहरु विरोधमा उत्रिएका हुन् । आज वाई.एफ.सी. पथरी शनिश्चरे क्याम्पको आयोजनामा भएको विरोध र्‍यालीमा शरणार्थी समस्या समाधान गर, कि गरेर खाने अधिकार देउ नत्र गाँस बास कपास देउ, भुटानीलाई न्याय दे, शणरार्थीलाई पुनःस्थापना गर जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शनमा उत्रिएका थिए ।

पथरी शनिश्चरे शिविरको होम केयर सेन्टरबाट सुरु भएको र्‍यालिले भुटानी शरणार्थी शिविर परिक्रमा गरि वडा नम्बर १० को वडा कार्यालय अगाडि कोणसभा परिणत भएको थियो । सो सभालाई सामाजिक अभियन्ता प्रदिप कुमार राई, शान्ति पाख्रिनलगायतले सम्बोधन गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.