‘सिमान्तकृत समुदायको पहिचान र अधिकारका लागि सरकार दृढ छ’: प्रधानमन्त्री

 काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अल्पसंख्यक सिमान्तकृत समुदायको पहिचान र अधिकारका लागि सरकार दृढ रहेको बताउनुभएको छ ।

नेपाल कुमाल सुधार समितिका अध्यक्ष तेलबहादुर कुमाल (विशाल)को नेतृत्वमा आएको प्रतिनिधि मण्डलसँगको कुराकानीमा प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘म कुमाल समुदायसहित नेपालका सबै अल्पसंख्यक सिमान्तकृत समुदायको पहिचान र अधिकारको पक्षमा छु । सानो संख्यामा रहेपनि नेपालको सामाजिक र राजनैतिक परिवर्तनमा कुमाल समुदायको महत्वपूर्ण भूमिका रहेको छ ।

यो समुदायको इतिहास, संस्कृति र महत्व धेरै ठूलो छ ।’ उहाँले सबै अल्पसंख्यक सिमान्तकृत समुदायलाई राज्यको मूलप्रवाहमा ल्याउन आफूले विगतदेखि नै संघर्ष गरेको उल्लेख गर्दै ती समुदायको विकास, समृद्धि, हित र मुद्धाप्रति सरकार दृढ रहेको बताउनुभयो । प्रधामन्त्रीसँगको भेटमा संविधानसभा सदस्य ज्ञानेन्द्र कुमाल, कुमाल मुक्ति मोर्चाका अध्यक्ष कञ्चन कुमाल, आदिवासी जनजाति महासंघका उपाध्यक्ष श्रुति कुमाल, अभियन्ता एवं उद्यमी शान्ति कुमाल लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.