एनएससी-काभा महिला भलिबल : नेपाल भारतसँग पराजित भएपनि सेमिफाइनलमा प्रवेश
![](https://nepaltvonline.com/wp-content/uploads/2021/06/Women_volleyball_Nepal.jpg)
काठमाडौँ- एनएससी-काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगिताको तेस्रो खेलमा आयोजक नेपाल भारतसँग ३-१ को सेटमा पराजित भएको छ ।
राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा भएको खेलमा नेपाल भारतसँग पराजित भएको हो ।
यो जित पछि भारत समूह विजेताको रुपमा अन्तिम चारमा पुगको छ ।
भारतले पहिलो सेट २५-१२ र दोस्रो सेट २६-२४ ले जितेको थियो ।
तेस्रो सेट भने नेपालले २५-२१ ले आफ्नो पक्षमा पार्यो ।
तर चौँथो सेटमा भारतले २५-२१ अंक बनाउदै विजयी भयो ।
भारतसँग हारे पनि यसअघि दुई खेल जितिसकेकोले नेपाल समूह ‘ए’ बाट उपविजेताको रुपमा सेमिफाइनल चरणमा पुगिसकेको छ ।
नेपालले पहिलो खेलमा किर्गिस्तान र दोस्रो खेलमा बंगलादेशलाई हराएको थियो ।
अब नेपालले फाइनल प्रवेशका लागि समूह बी को विजेता काजकिस्तानसंग शुक्रवार प्रतिस्पर्धा गर्नेछ ।
आजै भएको अर्को खेलमा काजकिस्तानले समूह विजेता बन्ने क्रममा उज्वेकिस्तानलाई ३-१ सेटले हराएको हो ।
जारी प्रतियोगितामा ८ टोलीको सहभागिता रहेको छ । प्रतियोगितामा नेपाल, बंगलादेश, माल्दिभ्स, भारत, श्रीलंका, किर्गिस्तान, उज्वेकिस्तान र काजकिस्तानले खेलिरहेका छन् ।।
प्रतिक्रिया राख्नुहोस्