राष्ट्रिय मान्यताप्राप्त पृथ्वी राजमार्गको निर्माण कार्यमा सुस्तता

कास्की- राष्ट्रिय प्राथमिक्ता प्राप्त पृथ्विराजमार्ग अन्तर्गत पोखर देखि मुग्लिङ सम्मको ७९ किलोमिटर सडक बिस्तार गर्ने काम सुस्त हुँदा समस्या बढ्दै गएको छ ।

कास्कीको पोखरादेखि तनहुँको जामुनेसम्म ३८ किलोमिटर सडक चाईनाको एन हुई खायून हाईवे एण्ड ब्रिज कम्पनी र जामुनेदेखि मुग्लिङसम्म ४१ किलोमिटर सडक चाईना कम्यूनिकेसन कन्ट्रक्सन कम्पनीले जिम्मा लिएर दुई खण्डमा बिभाजन गरी निर्माणको काम भैरहेको हो ।

सडक बिस्तार र निर्माणको काम अघि बढाईएको भएपनि निर्माण कम्पनीले काममा तीव्रता दिन नसक्दा कहिले हिलाम्मे र कहिले धुलोले गर्दा आँफुहरुलाई समस्या भएको सडक छेउ बस्दै आएकाहरुको गुनासो छ ।

हरेक दिन हजारौं पर्यटक तथा सर्वसाधारणले ओहोरदोहर गर्ने पृथ्विराजमार्ग निर्माणको काम सुस्त हुँदा सो सडकमा यातायात सञ्चालन गर्ने यातायात ब्यबसायी र यात्रुहरुले हैरानी बेहोर्न बाध्य भएको सवारी चालकहरुको भनाई छ ।

सम्झौता मितिले २०८२ सम्म निर्माण कार्य सकिने सो सडक निमाणका लागि करिब १३ अर्ब ६१ करोड रुपैयाँको लगानीमा सडक बिस्तारका साथै निर्माणको पहिलो चरणमा कटिङ्ग, फिलिङ्ग, ग्याभिन स्ट्रक्चरको काम भएको छ भने सडकमा पर्ने बिद्युत तारसहितका पोल र खानेपानीका पाईप व्यवस्थित नहुँदा हालसम्म जम्मा करिब ८ प्रतिशत मात्रै काम भएको निर्माणमा संलग्न प्राबिधिकले जानकारी दिनुभएको छ ।

बर्षौं पहिले सञ्चालमा आएको पृथ्वि राजमार्ग यातायातको चापसँगै साँघुरो र जीर्ण हुँदै गएकोले समस्या बढ्दै गएका कारण ब्यवस्थित र गुणस्तरीय सडक निर्माण सम्पन्न भएमा गण्डकी प्रदेशको आर्थिक समृद्धिमा टेवा पुग्ने देखिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.