चौरीदेउरालीमा दुई दिने बृहत्त स्वास्थ्य शिविर

काभ्रे- स्वास्थ्य कार्यालय काभ्रेको आयोजनामा जिल्लाको दुर्गम कोशिपारी स्थित चौरीदेउराली गाउँपालिकाको धुशेनी शिवालय स्वास्थ्य चौकीमा दुई दिने निशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ । निशुल्क स्वास्थ्य शिविरमा विभिन्न रोगहरुका दुई हजार बढीको बिमारी परीक्षण गरिएको स्वास्थ्य कार्यालय काभ्रेले जानकारी दिएको छ ।

स्वास्थ्य शिविरमा विभिन्न प्रकारका रोगहरुको परीक्षण, पहिचान तथा निशुल्क औषधी वितरण गरिएको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. पुरुषोतम सेढाईले जानकारी दिनुभयो ।

ग्रामीण भेगमा स्वास्थ्य सेवाको पहुँच अझै विस्तार हुन नसक्दा विभिन्न रोगको समस्या जटिल रहेकाले स्वास्थ्य कार्यालय काभ्रेले यस खालका शिविर सञ्चालन गर्दै आएको डा सेढाईले बताउनु भयो ।

काभ्रेको कोशिपारी स्थित चौरीदेउराली गाउँपालिकाका स्थानिय आफ्नै घर आँगनमा निशुल्क स्वास्थ्य जाँच र औषधि पाँउदा अधिकाँश मानिसहरु खुसि देखिएका थिए ।

अलि जटिल समस्या भए धुलिखेल, काठमाण्डौ दिनमाया मारेर जानुपर्थ्यो । निशुल्क स्वास्थ्य जाँच र औषधि पाँउदा खुशी हुदै यस्तो शिविर बेला बेला संचालन गरि दिए राम्रो हुने स्थानीयको चाहना रहेको छ ।

धुलिखेल अस्पताल, मेथिन्कोट अस्पताल, धुलिखेल प्राथमिक स्वास्थ्य केन्द्र, रेयुकाई मासुनागा अस्पताल लगायतका संस्थाहरुको प्राविधिक सहयोग तथा चौरीदेउराली गाउँपालिकाको समन्वय रहेको थियो ।

विशेषगरी विशेषज्ञ डाक्टर सहितको टोलीले महिलाहरुका विभिन्न रोगहरुका साथै पाठेघरमा हुन सक्ने क्यान्सरको परिक्षण, क्षयरोगको पहिचान, नाक, कान, घाँटी, आँखा, बालबालिका, प्रसुतीलगायत विभिन्न रोगहरुका बारेमा परीक्षण गरिएको छ ।

शिविरमा जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपकुमार गौतम, गाउँपालिका अध्यक्ष रेनुका चौलागाई,प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेल लगायतका सुरक्षा निकायका प्रमुखहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.