विद्यालयमा ‘सिकाउने र टिकाउने’ कार्यक्रम

काठमाडौँ- सरकारले बालशिक्षालाई उच्च प्राथमिकतामा राखेर विद्यालयमा बालबालिका टिकाउने कार्यक्रम सञ्चालन गरिने घोषणा गरेको छ ।

अर्थमन्त्री डा प्रकाशशरण महतले आज सङ्घीय संसद्मा आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेस गर्दै आधारभूत शिक्षाअन्तर्गत बालशिक्षालाई व्यवस्थित र पहुँचयोग्य बनाइने बताउनुभयो ।

प्रारम्भिक बालविकास केन्द्रको नक्साङ्कन गरी पुनःवितरण गरिने उहाँले बताउनुभयो ।

बालबालिकालाई विद्यालयमा ल्याउने सिकाउने र टिकाउने कार्यक्रमलाई विस्तार गरिनेछ । बालबालिकालाई कृषिमा आधारित प्रयोगात्मक शिक्षा दिने व्यवस्था गरिने बजेटमा उल्लेख छ ।

अर्थमन्त्री डा महतले हिमाली तथा दुर्गम क्षेत्रका बालबालिकालाई आवासीय छात्रवृत्ति दिइने, मातृभाषामा आधारभूत शिक्षा दिने व्यवस्थालाई प्रभावकारी कार्यान्वयन गरिने बताउनुभयो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.