धुनीवेशी पार्क आम्दानीको राम्रो श्रोत बन्दै (फोटो फिचर)

धादिङ- दक्षिणी धादिङको धुनीवेशी नगरपालिकास्थित अमिलचौरमा निर्माण गरिएको धुनीवेशी पार्क अहिले आम्दानीको निकै राम्रो श्रोत बन्दै गएको छ ।

सो पार्क स्थानीय तहलाई मात्रै आम्दानीको श्रोत नभई सो क्षेत्रमा विभिन्न ब्यापार ब्यवसाय गरी बस्नेहरु जिविको चलाउनका लागी समेत आम्दानीको बाटो बन्दै गएको छ ।

अहिले पार्कमा हरेक दिन दैनिकजसो एक सयको हाराहारीमा आन्तरिक पर्यटकहरु आउने जाने गर्ने गरेका छन् । पार्कबाट आम्दानी भएको सम्पुर्ण रकम स्थानीय वडामै विकासको काममा खर्चिने नगरपालिकाले जनाएको छ ।

तीन सय रोपनी क्षेत्रफल जमीनमा फैलिएको सो पार्क निर्माणले पुर्णता पाउँदासम्म करिव २४ करोड रुपैयाँ लगानी हुने अनुमान नगरपालिकाले गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.