आर्थिक अभावका कारण मृगैला पीडित माझीको उपचारमा समस्या, सहयोगको अपिल

चितवन- आर्थिक अभावका कारण मृगौला पीडित मित्रलाल माझीको उपचारमा समस्या भएको छ । विगत चार बर्षदेखी दुवै मृगौला फेल भएका माझी यतिबेला उपचारका लागि आर्थिक अभाव भएपछि सहयोगका लागि अनुयविनय गरिरहेका छन् ।

४१ बर्षिय माझी परिवार आर्थिक रुपमा कमजोर छन् । वैदेशिक रोजगारका लागि कतार पुगेका माझी १९ महिनामै नेपाल फर्किएका थिए । सिन्धुलीको दुधौली नगरपालिका-२ परथौली घर भएका माझी परिवार १४ बर्षदेखि चितवनमा बस्दै आएका छन् । उनका एक छोरा, दुई छोरी र श्रीमती छन् ।

कमाएर परिवार पाल्ने घरमुली नै बिरामी परेपछि विहान बेलुका छाक टार्नसमेत गाह्रो भएको श्रीमती प्रमिला माझीको भनाइ छ । उपचारका लागि लिएर अस्पताल गइरहनुपर्दा मैले समेत काम गर्न पाएको छैन झन समस्या थपिएको प्रमिलाको दुखेसो छ ।

दुवै मृगौला फेल भई डायालासिस गरिरहेका श्रीमान्‌को उपचार खर्च हप्तामै एकलाख ११ हजारसम्म लागेको उनले बताइन् । आर्थिक अभावका कारण अब उपचार गर्नसमेत नसक्ने अवस्थामा पुगेको भन्दै उनले सहयोग गरिदिनुहुन सहयोगी मनहरुलाई आग्रह समेत गरेकी छन् ।

मित्रलालको जीवनरक्षाका लागि मिर्गौला प्रत्यारोपण गर्नुपर्ने भएपछि परिवारले आर्थिक सहयोगका लागि याचना गरेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.