नवलपरासीको प्रतापपुरमा एक दम्पत्तिको विभत्स हत्या

नवलपरासी- पश्चिम नवलपरासीको प्रतापपुरमा एक दम्पत्तिको विभत्स हत्या भएको छ । प्रतापपुर गाउँपालिकाको वडा नं. ८ मजुवामा बस्ने ५५ वर्षिय तीलकराम भेडिहार र उनका ५० वर्षीया श्रीमती निर्मला भेडिहारको हत्याएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विनोद सिलवालले जानकारी दिनुभयो ।

उनीहरुको गएराति धारिलो हतियार प्रहार गरी हत्या भएको हो । टाउकोमा हतियार प्रहार गरी हत्या गरेको अवस्थामा उनिहरुको शव आज बिहान प्रहरीले उनीहरुको गोठ अगाडी फेला पारेको हो ।

उनिहरुको घर प्रतापपुर गाँउपालिकाकै वैरिहवा भन्ने स्थानमा भएपनि गाईबस्तु रेखदेख गर्न घर देखि चार किलोमिटरको दुरीमा रहेको गोठमा गई सुतेका थिए ।

सोही गोठमा उनीहरुको हत्या भएको हो । घरमा भएकाले छोराछोरी भने शकुसल रहेको प्रहरीले जनाएको छ । हत्यापछि उनीहरुको शव आँगनमा फालिएको थियो । कृषि र पशुपालन गर्दै आएका दम्पत्तिको कस्ले हत्या ग¥यो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.