विश्वकप क्रिकेट छनोटः आज नेपाल र नेदरल्यान्ड्स भिड्दै, दुवै टीमलाई जित्नैपर्ने दबाब

काठमाडौं- जिम्बावेमा जारी आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता अन्तर्गत आज नेपाल र नेदरल्यान्ड्सबीच समुहको अन्तिम खेल हुदैछ । खेल टाकासिंगा स्पोर्टस् क्लबमा नेपाली समय अनुसार दिउँसो पौने एक बजे बाट सुरु हुँदैछ ।

एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा नेपाल र नेदरल्यान्डबीच दुई खेल भएको छ । जसमा एक खेलमा नेपाल र अर्को खेलमा नेदरल्यान्ड्स विजयी भएका छन् । आईसीसी एकदिवसीय विश्वकप छनोटमा भने नेपाल र नेदरल्यान्ड्सबीच पहिलो पटक खेल हुन लागेको हो ।

यसअघि नेपाल घरेलु टोली जिम्बावेसँग आठ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा अमेरिकालाई छ विकेटले पराजित गरेको थियो । तेस्रो खेलमा वेष्ट इन्डिजसँग एक सय एक रनले पराजित भएको थियो ।

समुहमा चौथो स्थानमा रहेका कारण सुपर सिक्समा पुग्न नेपाललाई आज जित्नै पर्ने दवाव छ । नेपाल र नेदरल्याण्ड दुवै २/२ अंक सहित तालिकाको तेस्रो र चौथो स्थानमा छन् । त्यसैले आजको खेलमा विजयी हुने राष्ट्र नै अघिल्लो चरणमा पुग्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.