आईसीसी एकदिवसीय विश्वकप छनोटः युएईविरुद्द नेपाल तीन विकेटले विजयी

आईसीसी एकदिवसीय विश्वकप छनोटः युएईविरुद्द नेपाल तीन विकेटले विजयी, सातौं स्थानका लागि अब आयरल्याण्डसँग खेल्ने

काठमाडौं- आईसीसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत भएको प्लेअफ सेमिफाइनलमा नेपाल युएईविरुद्द तीन विकेटले विजयी भएको छ ।

यूएईबाट १८२ रनको विजयलक्ष्य पाएको नेपालले ४० बल बाँकी रहँदै ७ विकेटको क्षतिमा १८५ रन बनाएको हो । जिम्बाबेको हरारेमा भएको खेलमा जितका लागि पाएको १८२ रनको लक्ष्य नेपालले ४४ औं ओभरमा भेट्टाएको हो ।

१०६ रन बनाउँदा ७ विकेट गुमाएर दबावमा परेको नेपाललाई दीपेन्द्र सिंह ऐरी र सन्दीप लामिछानेले जितसम्म पुर्‍याएका हुन् । ऐरी ७९ रनमा र लामिछाने २३ रनमा नट आउट रहे ।

यसअघि कुशल भुर्तेल ३५, ज्ञानेन्द्र मल्ल १३ तथा गुल्सन झा १२ रनमा आउट भएका थिए । अरु ब्याटरले दोहोर अंकमा रन बनाउन सकेनन् ।

दश टोली सम्मिलित विश्वकप छनोटको सुपर सिक्समा पुग्न असफल भएपछि मुख्य प्रतिस्पर्धाबाट बाहिरिए पनि नेपालले सातौं स्थानको प्लेअफ सेमिफाइनलमा यूएईसँग खेलेको हो । नेपालले अब सातौं स्थानका लागि भोलि आयरल्याण्डसँग खेल्ने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.