सवारीसाधनबाटै रकम चोरी, चार जना समातिए

ललितपुर- ललितपुरको ग्वार्कोमा सार्वजनिक गाडीमा यात्रा गरिरहेका विष्णु अधिकारीले बोकेको झोलाबाट सात हजार ४७ डलर (रु नौ लाख २३ हजार एक सय ५७) रकम चोरी गर्ने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

चोरी भएको जाहेरी परेपछि खोजतलासका क्रममा रु दुई लाख नगदसहित सञ्जीव तामाङ, आइतमान तामाङ, सविना तामाङ र मङ्गललक्ष्मी श्रेष्ठलाई पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिनुभयो । उनीहरूलाई प्रहरीले आज सार्वजनिक गरी थप कारबाहीका लागि ललितपुर प्रहरीमा बुझाएको छ ।

उनीहरूको साथबाट रु दुई लाख नगदसहित मोबाइल बरामद गरिएको छ । उक्त डलर साट्ने कार्यमा भने मङ्गललक्ष्मी श्रेष्ठ रहेको फेला पारेपछि उनलाई पनि पत्राउ गरिएको छ । उनीहरूलाई चोरीसम्बन्धी कसुरमा थप आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर जावलाखेल बुझाइएको रेग्मीले जानकारी दिनुभयो ।

अवैधरूपमा विदेशी विनिमय कारोबार

विदेशी विनिमय (अमेरिकी डलर)को अवैधरूपमा कारोबार गरेको पाइएपछि एक व्यक्तिलाई पक्राउ गरी आज सार्वजनिक गरिएको छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार ललितपुरका सनमोहन श्रेष्ठलाई एक सय दरको अमेरिकी डलर एक सय ९८ थान (अमेरिकी डलर १९ हजार आठ सय) सहित पक्राउ गरी निजलाई विदेशी विनिमयसम्बन्धी कसुरमा थप आवश्यक अनुसन्धान कारबाहीका लागि राजस्व अनुसन्धान विभाग पुल्चोक पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.