आज बस्ने भनिएको कांग्रेस केन्द्रीय समितिको बैठक स्थगित, साउन २ गते बैठक तयारी

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक स्थगित भएको छ । बैठक आज बस्ने तय भएको थियो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधनपछि कांग्रेस केन्द्रीय समितिको बैठक स्थगित भएको हो । अब केन्द्रीय समितिको बैठक साउन २ गतेदेखि बोलाउने तयारी गरिएको बताइएको छ ।

पार्टीको विधान अनुसार प्रत्येक दुई महिनामा केन्द्रीय समितिको बैठक बस्नुपर्ने भएपनि एघार महिनापछि बल्ल औपचारिक बैठक बस्ने तयारी गरिएको थियो । अब बस्ने केन्द्रीय समिति बैठकमा चुनावी समीक्षादेखि नीति महाधिवेशनसम्म छलफल हुने नेताहरुले बताएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.