डोटीमा सरकारी गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु, तीनजना घाइते

डोटी- डोटीको आदर्श गाउँपालिका वडा नम्बर-२ मौवामा सरकारी गाडी दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने तीन जना सामान्य घाइते भएका छन् ।

बा १ झ ९४३४ नम्बरको सरकारी गाडी दुर्घटना हुँदा आदर्श १ स्याउले घर भएकी ६५ बर्षिय हिरा खड्काको मृत्यु भएको घटनास्थलमा खटिएका प्रहरी निरीक्षक यक्षराज जोशीले जानकारी दिनुभयो ।

घटना बुधबार साँझ भएको हो । गाडी आदर्श गाउँपालिकाबाट सायल गाउँपालिकातर्फ जाँदै गर्दा अनियन्त्रीत भइ कच्ची सडकबाट ५ मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ ।

घाइते हुनेहरुमा बीर बहादुर खड्का, रबीन्द्र सुनार र टेकबहादुर तिरुवा रहेको प्रहरीले जानकारी दिएको छ । घाइतेहरुको अवस्था सामान्य रहेको बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.