सप्तरीमा पोखरीमा डुबेर दुई बालिकाको मृत्यु

सप्तरी- सप्तरीमा पोखरीमा डुबेर दुई जना बालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जिल्लाको बोदेबरसाई नगरपालिका वडा १ धनगढीका विद्ययानन्द साहकी ८ वर्षीया छोरी किरण साह र वडा नम्वर ६ फुलकाहीका धनराज साहकी ८ वर्षीया छोरी शिवानी साह रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

भैंसीलाई पोखरीमा लैजाने क्रममा डुबेर दुबै जना बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.