५७ दिनपछि खुल्यो संस्कृत विश्व विद्यालयमा लगाइएको ताला
दाङ- नेपाल संस्कृत विश्वविद्यालयमा लागेको ताला ५७ दिनपछि खुलेको छ ।
स्वतन्त्र विद्यार्थी युनियन केन्द्रीय आयुर्वेद विद्यापीठले केन्द्रीय कार्यालयमा गत साउन ३ गते लगाएको ताला ५७ दिनपछि आज (शुक्रबार) खुलेको हो ।
विश्वविद्यालयका उपकुुलपति प्रा.डा. यादवप्रकाश लामिछाने र शिक्षाध्यक्ष प्रा.डा. भिम खतिवडालगायतका विश्व विद्यालय पदाधिकारीहरुको उपस्थितिमा ताला खुलेको हो ।
उक्त अवसरमा स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष हेमन्त वञ्जाडेले विद्यार्थीका माग पुरा गरिदिएकोेमा विश्वविद्यालयप्रति आभार प्रकट गर्नुभएको छ ।
‘विद्यार्थीहरुका जायज माग पुरा गरिदिएकोमा विश्वविद्यालयप्रति आभार प्रकट गर्दछौं’, अध्यक्ष वञ्जाडेले भन्नुभयो, ‘विश्वविद्यालयको विकासका लागि स्वतन्त्र विद्यार्थी युनियन सदैव लागिपर्ने प्रतिवद्धता व्यक्त गर्दछौं ।’
इन्टर्नसिप भत्ता बृद्धिको माग गर्दै ताला लगाएको स्ववियले आफ्ना माग पुरा भएको जनाउँदै ताला खोलेको जनाएको छ ।
नेपाल संस्कृत विश्वविद्यालय सेवा आयोगमा नेपाल विद्यार्थी संघ दाङले गत असार ९ गते लगाएको ताला अझैं खुल्न सकेको छैन ।
ताला नखुल्दा विश्वविद्यालयले सञ्चालन गर्ने कर्मचारी, उपप्राध्यापक, सहप्राध्यापकका परीक्षा अनिश्चित हुँदा एक हजार बढी परीक्षार्थी मर्कामा परेका छन् ।।
प्रतिक्रिया राख्नुहोस्