महिला विश्वकप फुटबलको उपाधि स्पेनलाई ( जितपछिको उत्सव तस्विरमा)

काठमाडौँ- महिला विश्वकपको उपाधि स्पेनले जितेको छ ।

आज सम्पन्न फाइनल खेलमा स्पेनले इङ्ल्याण्डलाई १-० गोल अन्तरले हराउँलै पहिलो पटक महिला विश्वकपको उपाधि चुमेको ।

त्यसो त स्पेन पहिलो पटक नै यसपाली फाइनलमा प्रवेश गरेको थियो ।

स्पनेकी ओल्गा कार्मोनाले खेलको २६ औं मिनेटमा गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।

स्पेनको गोल अघि र पछि इङ्ल्याण्डले पटक पटक मौका निकाले पनि अवसरलाई गोलमा परिणत गर्न सकेन ।

यसअघि, अमेरिकाले ४ पटक, जर्मनीले २ पटक र नर्वे तथा जापानले एक-एक पटक महिला विश्वकपको उपाधि जितेका थिए ।

स्पेनले खेल जितेपछि विजय उत्सव मनाउँदै खेलाडी र प्रशिक्षक तथा स्पेनी अधिकारीहरु : ( फोटो सौजन्य : AFP)

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.