डोल्पामा ईस्वी सम्बत् ११११ सालकाे ऐतिहासिक देवलको पुनःनिर्माण (फोटो फिचर)

डोल्पा – हिमाली जिल्ला डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका अन्तर्गत गुद्धुम डाँडामा रहेको प्राचिन एवं ऐतिहासिक देवलको पुन: निर्माण गरिएको छ ।

ईस्वी सम्बत् ११११ सालमा त्रिपुरासुन्दरी देवी उत्पति हुँदा जमिन भित्र घिउसहितको तामाको भाँडाबाट उत्पति भएकी नौ बहिनी देवीमध्ये एक बहिनी देवी पुतलीरुपमा उडेर बसेको सो स्थानमा सम्झना स्वरुप बनाइएको ढुंगाको देवल जिर्ण भएपछि पुन निर्माण गरिएको त्रिपुराकोटका स्थानीयले बताए ।

विस २०५७ सालमा चोरी भएका चारवटा शिलामध्ये तीनवटा शिला(मुर्ति) प्राप्त भएको र योगमाया भगवतीको एउटा शिला अझै नभेटिएकोले सो शिला प्राप्तिकालागि गाउँबासी एकजुट भएर देवल निर्माण गरिएकोे पुजारी टिकादत्त न्यौपानेले बताउनुभयो ।

स्थानीय देवता सिंहराज मष्टा र बाबिरोमष्टाको निर्देशन अनुसार सम्पुर्ण त्रिपुराकोटबासी जम्मा भएर देवल निर्माणसँगै विधि विधानकासाथ पुआआजा समेत गरिएको न्यौपानेले बताउनुभयो ।

सो देवल ऐतिहासिक देवल र त्यहाँबाट त्रिपुरासुन्दरी मन्दिरको दर्शन गर्न सकिने भएकाले पैदलयात्रा गर्ने सर्वसाधारण र तिर्थयात्रीहरुले आवतजावत गर्दा फुलपाती चढाएर जाँदा शुभहुने स्थानीयको विश्वास रहेको छ ।

स्थानीय देवी देवताको निर्देशन अनुसार त्रिपुराकोटका सम्पूर्ण घरधुरीले ध्वजा,पतका,फुलपाति,भेटि र एक बोतल पानी लिएर देवल निर्माणकालागि डाँडामा पुगेका थिए ।।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.