निरन्तर वर्षाका कारण कमला नदीमा जलसतह बढ्दै

सिरहा- निरन्तर वर्षाका कारण कमला नदीमा जलसतह बढ्दै गएको छ । कमला नदीको बेलसोत सिन्धुली जलमापन केन्द्रका अनुसार नदीमा जलसतह बढ्दो क्रममा रहेको तर खतरा तहभन्दा केही तल रहेको छ ।

सोही कारण सिरहा र धनुषाको तटीय क्षेत्रलगायत विगतमा डुबान भइरहने स्थानमा सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले सजग गराएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.