धरानमा निषेधाज्ञा जारी,सामाजिक सदभावका लागि दलहरुको अपील

काठमाडौं – जिल्ला प्रशासन कार्यालय सुनसरीले आज राति १२ बजेदेखि भोलि राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको छ ।
धरानको २० वटै वडामा कुनैपनि प्रकारको सभा,जुलुस तथा तथा भेला गर्न नपाइने व्यवस्था सहितको निषेधज्ञा जारी गरिएको हो ।
नगरक्षेत्र भित्र सामाजिक सद्भाव / शान्ति सुव्यवस्थाका साथै जनस्वास्थ्य संकटलाई मध्यनजर गरेर निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिनुभयो । धरान उपमहानगरपालिका अहिले धार्मिक सदभावका कारण असान्त बनेको छ ।

धरानमा देखापरेको धार्मिक, सांस्कृतिक विवादको विषयलाई सर्वपक्षीय सर्वदलीय वार्ता– संवादको माध्यमद्वारा समाधान गर्न धरानका अगुवाहरुले सम्बन्धित पक्षसँग आग्रह गरेका छन् ।
परिस्थितिको गम्भिरतालाई मनन् गर्दै सामाजिक सञ्जाल लगायतबाट सामाजिक सद्भाव खलबलिने सामग्रीहरु पोस्ट, शेयर तथा कमेन्ट नगरिदिन समेत राजनीतिक दलहरुले आग्रह गरेका छन्
संयुक्त वक्तव्य जारी गर्दै दलहरुले सम्भावित दुघर्टना रोक्नले शनिबार धरानमा तय गरिएका सबै कार्यक्रम स्थगित गर्न आग्रह गरेका छन् ।
‘परिस्थितिको गाम्भिर्यतालाई मनन गर्दै सामाजिक सञ्जाललगायतबाट सामाजिक सदभाव खलबलिने सामग्रीहरु पोष्ट, शेयर तथा कमेन्ट नगरिदिन सबैमा अपिल गर्दर्छौ’ वक्तव्यमा भनिएको छ, ‘अतः भोलि भाद्र ९ गते सम्बन्धित पक्षहरुबाट धरानमा आयोजना गर्न लागिएका पुर्वनिर्धारित कार्यक्रमहरु स्थगित गरी बातावरण सहज बनाउन भुमिका निर्वाह गरिदिन हुन हार्दिक अनुरोध छ ।
“विगत केही दिनदेखि धरानमा देखिएको असहज परिस्थीतीले हामीबीच रहि आएको सदभाव सहिष्णु वातावरण विथोलिने आशंका उत्पन्न भएकाले हामीलाई चिन्तीत बनाएको छ” सर्वदलीय विज्ञाप्तीमा भनिएको छ ।







प्रतिक्रिया राख्नुहोस्