एशिया कप क्रिकेटमा आज नेपाल र भारत भिड्दै, नेपाललाई इतिहास रच्ने अवसर
काठमाडौं- एसिया कप क्रिकेटमा नेपलले आज विश्व क्रिकेटको अर्को महारथी भारत विरुद्ध खेल्दैछ । भारतसँग हुने खेलमा नेपाललाई फेरी पनि एक पटक इतिहास रच्ने अवसर रहेको छ ।
आज दिउँसो श्रीलंकाको पालेकेले इन्टरनेशल क्रिकेट स्टेडियममा दिउँसो सवा तीन बजे हुने खेलमा भारतलाई पराजित गर्न सके नेपाल भारतलाई पछि पार्दै सुपर फोरमा पुग्ने छ ।
अन्तर्राष्ट्रिय क्रिकेटमा पाइला राखेको लामो समयपछि नेपालले भारतसँग पहिलो पटक खेल्ने मौका पाएको हो । प्रतियोगिताको उदघाटन खेलमा विश्व वरियताको पहिलो नम्वरमा रहेका पाकिस्तासँग २३८ रनले पराजित नेपाली टोली दोस्रो खेल भारतसँग खेल्न लागेको हो ।
यो समूहमा रहेको पाकिस्तान भारत वीचको खेल बर्षाको कारण रद्द भएपछि दुवै टोलीले एक एक अंक बाँडेका छन । यो खेलसँगै पाकिस्तान समूह ए बाट सुपर फोरमा पुग्ने पहिलो टोली बनेको छ ।
भारतको एक अङ्क र नेपाल अङ्कविहीन छ । हरेक समूहका शीर्ष दुई टोली सुपर फोरमा स्थान बनाउनेछन् र सुपर फोरबाट शीर्ष दुई टोली फाइनलमा पुग्नेछन् ।
प्रतिक्रिया राख्नुहोस्