आइसीसी महिला टी-ट्‍वान्टी: कतारलाई नौ विकेटले हराउँदै नेपाल सेमिफाइलमा प्रवेश

काठमाडौं- मलेसियामा जारी आइसीसी महिला टी-ट्वान्टी विश्वकप अन्तर्गत एसियाली छनोटमा कतारलाई नौ विकेटले हराउँदै नेपाल सेमिफाइलमा प्रवेश गरेको छ ।

नेपालले लगातार चौथो जित निकाल्दै सेमीफाइनलमा स्थान सुरक्षित गरको हो । टस जितेर पहिले फिल्डीङ रोजेको नेपालले एक विकेटको क्षतिमा पाएको लक्ष्य पुरा गर्‍यो ।

कतारले नेपाललाई जितका लागी ७५ रनको लक्ष्य प्रस्तुत गरेको थियो । कतार निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा ७४ रनको योगफल तयार पार्‍यो । नेपालका लागी काजोल श्रेष्ठले ३२ रन बनाइन् ।

अपराजित यात्रा कायम राख्ने क्रममा हिजो नेपालले भुटानलाई तीन विकेटले पराजित गरेको थियो । अब नेपालले समूह चरणको अन्तिम खेलमा बुधबार युएईसँग खेल्दैछ ।

प्रतियोगितामा हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । फाइनलमा पुग्ने दुई टोलीले २०२४ मा हुने ग्लोबल टी-ट्वान्टी क्वालिफायर खेल्न पाउनेछन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.