एसियाली खेलकुदः नेपालको प्रदर्शन निराशाजनक, अधिकांश खेल समूह चरणमै सिमित

काठमाडौं- चिनमा जारी १९ औ एसियाली खेलकुदमा चौथो दिनसम्म आइपुग्दा नेपालको प्रदर्शन निराशाजनक देखिएको छ । तेस्रो दिन हिजो भएका विभिन्न खेलमा नेपाल पहिलो चरणमै पराजित भएको छ ।

एसियाडमा तेक्वान्दो, जुडो, फेन्सिङ, महिला बास्केटबल, फुटबल, पौडी, उसुमा नेपालको प्रदर्शन कमजोर देखिएको छ । हिजै महिला फुटबलमा नेपाल जापानसँग ८–० गोलले पराजित हुँदै समुह चरणबाटै बाहिरिएको छ ।

पहिलो हाफमा ५ गोल ब्यहोरेको नेपालले दोस्रो हाफमा थप तीन गोल खाएको थियो । समूह डीमा रहेको नेपालले पहिलो खेलमा भियतनासँग २–० को हार ब्यहोरेको थियो ।

त्यस्तै पदकको आशा गरिएको खेल तेक्वान्दोका विभिन्न प्रतिस्पर्धामा नेपालका स्वस्तिका तामाङ, अञ्जली तामाङ, राहुल कुमाल र प्रेमबहादुर लिम्बू पराजित भएका छन् ।

त्यसैगरी जुडोतर्फ मनीता श्रेष्ठ प्रधान, जंगबहादुर सारु र १३औं दक्षिण एसियाली खेलकुदकी स्वर्णधारी पुनम श्रेष्ठ पराजित भएका छन् । फेन्सिङमा प्रयास योञ्जन र राजेन्द्र गजुरेलको प्रदर्शन पनि राम्रो हुन सकेन ।

महिलातर्फ मन्दिरा थापा र गोमा आर्चाय समूह चरणबाटै बाहिरिए । त्यस्तै महिला थ्री बाइ थ्री बास्केटबलमा नेपाल जापानसँग २२–४ ले पराजित भएको छ ।

पौडीको महिला दुई सय मिटर फ्रिस्टाइलतर्फ डुवाना लामा र ५० मिटर फ्रिस्टाइलमा एलेक्सजान्डर शाह पनि हिटचरणबाटै बाहिरिएका छन् ।

उसुतर्फ सुस्मिता तामाङ र पासाङ शेर्पाको प्रदर्शन पनि निराशाजनक रह्यो । त्यस्तै साइक्लिङको प्रतिस्पर्धामा सुरज राना मगर र उषा खनाल निर्धारित दूरी तय गर्न नै असफल रहे ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.