विश्वकप क्रिकेटमा श्रीलंका विरुद्ध अफगानस्तानको सानदार जीत

काठमाडौं- भारतमा जारी आइसिसि एक दिवसिय विश्वकप क्रिकेटमा श्रीलंकालाइ अफगानिस्तानले ७ विकेटले हराउँदै सानदार जित दर्ता गरेको छ ।

यो जितसँगै अफगानिस्तानको अघिल्लो चरण प्रवेश गर्ने सम्भावना बलियो बनेको छ । जितका लागि श्रीलंकाले दिएको २४२ रनको लक्ष्य अफगानिस्तानले ४५.२ ओभरमा मात्र ३ विकेट गुमाएर भेट्टायो ।

अफगानिस्तानका लागि रहमत शाहले इब्राहिम जादरानसँग दोस्रो विकेटका लागि ७३ रनको साझेदारी गरे । कप्तान शाहिदीले मिर्जासँगअविजित १११ रनको साझेदारी गर्दै टिमलाई जित दिलाए ।

यसअघि भारतको पुनेमा टस हारेर ब्याटिङको निम्तो पाएको श्रीलंकाले ४९.३ ओभरमा २४१ रन बनाउँदा सबै विकेट गुमाएको थियो । अफगानिस्तानका फारुकीले ४ विकेट लिए ।

विश्वकप अन्तरगत ३१ औ खेलमा आज पाकिस्तान र बङगलादेशबीच दिउँसो २ बजे प्रतिस्पर्धा हुदैछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.