विश्वकप क्रिकेट : श्रीलंकामाथि भारत ठूलो अन्तरले विजयी

काठमाडौं- भारतले विश्वकप क्रिकेटको हिजोको खेलमा श्रीलंकालाई ३ सय २ रनको ठूलो अन्तरले पराजित गरेको छ । जितसँगै भारत सेमिफाइनलमा स्थान बनाउन सफल रह्यो ।

जितका लागि ३ सय ५८ रनको लक्ष्य पछ्याएको श्रीलंका अविश्वसनीयरूपमा १९.४ ओभरमा ५५ रन बनाएर अलआउट भएको थियो । भारतका लागि मोहम्मद सामीले ५ विकेट लिए भने मोहम्मद सिराजले ३ विकेट प्राप्त गरे ।

यो जितपछि भारतको ७ खेलबाट १४ अंक भएको छ । यससँगै भारत दक्षिण अफ्रिकालाई उछिनेर शीर्ष स्थानमा पुगेको छ । श्रीलंका भने सात खेलबाट ४ अंकमै सीमित रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.