जाजरकोट भूकम्प: बाँकेका अस्पतालहरुमा घाइतेहरुको उपचारका लागि १०५ वटा वेड तयार
बाँके- जाजरकोट भूकम्पमा परी घाइते भएकाहरुको उपचारका लागि बाँकेमा अस्पतालहरु खाली गर्ने र नयाँ उपचार केन्द्र संचालनमा ल्याइएको छ।
बाँकेको भेरी अस्पतालमा भूकम्पबाट घाइते भएकाहरुको लागि उपचार गर्न छुट्टै उपचार कक्षको व्यवस्था गरिएको छ । भेरी अस्पतालमा ८० वटा बेड उपचारका लागि खाली गराइएको छ भने सैनिक अस्पतालमा २० र प्रहरी अस्पतालमा ५ वटा बेड तयारी अवस्थामा राखिएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले नेपालटिभीअनलाइनलाई जानकारी दिनुभएको छ।
गएराति जाजरकोट केन्द्रविन्दु बनाएर गएको ६ दशमलव ४ म्याग्निच्युडको भूकम्पमा परी अहिलेसम्म ८० जनाको मृत्यु भएको छ । मृत्युहुने सबैजसो जाजरकोट र रुकुम पश्चिमका छन ।
भूमक्पमा परी सयौँको संख्यामा मानिसहरु घाइते भएका छन ।
क्षतिको विवरण आउने क्रम बाँकी छ ।।
प्रतिक्रिया राख्नुहोस्