नेदरल्यान्ड्सविरुद्ध अफगानिस्तान सात विकेटले विजयी, अफगानिस्तानको सेमिफाइनल पुग्ने सम्भावना बढ्यो

काठमाण्डौं- आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा अफगानिस्तानले लगातार तेस्रो जित निकालेको छ । शुक्रवार लखनउमा भएको खेलमा अफगानिस्तानले नेदरल्यान्ड्सलाई ७ विकेटले हराएको हो ।

नेदरल्यान्डसले दिएको १ सय ८० रनको लक्ष्य अफगानिस्तानले ३१ ओभर ३ बलमा ३ विकेट गुमाएर भेटायो । अफगानिस्तानका कप्तान हश्मतुल्लाह शाहिदीले नटआउट ५६ रन बनाए । यस्तै रहमत शाहले ५२ रन बनाए । बलिङतर्फ नेदरल्यान्ड्सका लोगन भाव बीक, रोल्फ भान डेर मेरवे र सकिब जुल्फिकरले समान १ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको नेदरल्यान्ड्स ४६ ओभर ३ बलमा १ सय ७९ रनमा समेटिएको थियो। नेदरल्याण्डस्‌का साइब्रान्ड एन्गेलब्रेक्टले सर्वाधिक ५८ रन बनाए । यस्तै म्याक्स ओडाउडले ४२ र कोलिन एकरमानले २९ रन जोडे । बलिङतर्फ अफगानिस्तानका मोहम्मद नाबीले ३ र नूर अहमदले २ विकेट लिए ।

यो जितसँगै ७ खेलमा ८ अङ्कसहित तालिकाको पाँचौँ स्थानमा उक्लिएको छ । अफगानिस्तानको सेमिफाइनल पुग्ने सम्भावना कायमै छ । नेदरल्यान्ड्स उति नै खेलमा ४ अङ्कसहित आठौँ स्थानमा छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.