जाजरकाेट र रुकुम पश्चिमका भूकम्प पीडितलाई जुम्लाकाे ताताेपानी गाउँपालिकाले १० लाख सहयाेग गर्ने    

जुम्ला- जाजरकाेट र रुकुम पश्चिमका भूकम्प पीडितलाई जुम्लाकाे ताताेपानी गाउँपालिकाले १० लाख सहयाेग गर्ने भएकाे छ ।
भूकम्पपछि भत्किएका संरचनाकाे पुर्ननिर्माण,पिडितकाे राहत उद्दार तथा पुर्नस्थापनाका लागि पालिकाले १० लाख सहयाेग गर्ने निर्णय गरेको ताताेपानी गाउँपालिकाका अध्यक्ष नन्द प्रसाद चाैलागाईले बताए ।
नेपाल सरकारले भूकम्प पीडितका लागि खडा गरेकाे प्रधानमन्त्री दैविक प्रकाेप उद्दार काेषमै सहयाेग रकम जम्मा गर्ने छाै ।
उहाँले भने, “भूकम्पले छिमेकी जिल्लाहरु पिडामा छन् । खाधान्न,ओैषधि उपचार अभाव चुलिएकाे छ ।  तत्कालनका लागि भनेर १० लाख सहयाेग गर्दै छाै । एउटै निकायले गरेर मात्र सम्भव नहुने भएकाेले विपदमा समन्वय सहकार्य गर्नु आबश्यक हुन्छ ।”
भूकम्पमा परी ज्यान गुमाउनेहरु प्रति ताताेपानीले दु:ख व्यक्त गर्दै घाईतेहरुकाे शिघ्र स्वास्थ्य लाभकाे कामना समेत गरेकाे छ । कर्णालीका ७९ वटा स्थानीय तहमध्य भुकम्प पीडितलाई सहयाेग गर्ने पालिकाहरुमा ताताेपानी पहिलाे बनेकाे छ ।
पीडितहरुकाे राहत उद्दार तथा पुर्नस्थापनाका लागि दिनरात खटिने,नेपाली सेना,शसस्त्र प्रहरी,नेपाल प्रहरी,स्वास्थ्यकर्मि लगायत सबैलाई ताताेपानीका अध्यक्ष चाैलागाईले धन्यवाद समेत दिएका छन् ।
गत शुक्रबार राति गएकाे जाजरकाेटकाे रामीडाँडा केन्द्रविन्दु बनाएर गएकाे ६.४ म्याग्नेच्युटकाे भुकम्पले जाजरकाेट र रुकुम पश्चिमका गरि १ सय ५७ जनाकाे मृत्यु भएकाे छ । भने करिब २ जना घाइते भएका छन् ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.