एन्फाको विशेष साधारणसभा हेटौँडामा, अध्यक्ष नेम्वाङले अविश्वासको प्रस्ताव सामना गर्दै
मकवानपुर- अखिल नेपाल फुटबल संघ एन्फाको विशेष साधारणसभा मकवानपुरको हेटौँडामा सुरु हुँदैछ । एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङले आज आफु माथि लागेको अविश्वासको प्रस्ताव सामना गर्दै हुनुहुन्छ ।
गत भदौ २५ गते एन्फाका ४९ सदस्यले अध्यक्ष नेम्वाङ र महासचिव किरण राईलाई बर्खास्त गर्न माग गर्दै अविश्वास प्रस्ताव राखेका थिए ।
एन्फाको असोज १७ गते बसेको आपत्कालीन बैठकले अध्यक्षले विशेष साधारणसभाबाट अविश्वासको प्रस्ताव सामना गर्ने निर्णय गरेको थियो ।
अविश्वासको प्रस्ताव सहित आज विभिन्न एजेण्डामा छलफल र निर्णय हुने बताइएको छ । एन्फामा कुल १०५ सदस्य रहेकोमा साधारणसभामा ८६ सदस्यसँग मात्र मताधिकार रहेको छ ।
यसैबीच अखिल नेपाल फुटबल संघ (एन्फा) को विशेष साधारणसभा स्थलमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । साधारणसभा स्थलमा ५० भन्दा बढि प्रहरी परिचालित गरिएको छ ।
प्रतिक्रिया राख्नुहोस्