विश्वकप फुटबलको एसियाली छनोटमा नेपाल र यूएई भिड्दै

काठमाडौं- विश्वकप फुटबलको एसियाली छनोट अन्तर्गत दोस्रो चरणको पहिलो खेलमा नेपालले आज यूएईसँग खेल्दैछ । समूह एच अन्तर्गत नेपालले अवे म्याचको रुपमा यूएईसँग खेल्न लागेको हो ।

खेल नेपाली समय अनुसार राति साढे ९ बजे हुनेछ । प्रि-म्याच कन्फरेन्समा नेपालका प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसले यूएई बलियो टिम भएपनि आफुहरु नडराएको बताउनु भएको छ ।

नेपालले चोटका कारण भरपर्दा डिफेन्डर अनन्त तामाङलाइ भने यो खेलमा गुमाउनेछ । तर सबैको नजर भने फरवार्ड अन्जन विष्टमा हुनेछ ।

विश्वकप छनोटको पहिलो चरणमा लाओसविरुद्ध गोल गर्दै नेपालका लागि १३ गोलको कीर्तिमान बराबरी गरेका विष्टसँग नेपालका लागि सर्वाधिक गोलको कीर्तिमान बनाउने अवसर आजको खेलमा हुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.