विश्वकप फुटबल छनोटः नेपाल यूएईसँग ४-० ले पराजित

काठमाडौं- विश्वकप फुटबलको एसियाली छनोटमा नेपाल यूएईसँग ४-० ले पराजित भएको छ । यूएईको घरेलु मैदानमा भएको खेलमा नेपाल घरेलु टोलीसँग ४-० ले पराजित बनेको हो ।

विश्वकप छनोटको दोस्रो चरणको पहिलो खेलमा यूएईविरुद्ध खेलेको नेपालले चारै गोल पहिलो हाफमा ब्यहोरेको थियो । एसियाली फुटबलको बलियो राष्ट्र यूएईविरुद्ध नेपालले दोस्रो हाफमा भने सुधारिएको प्रर्दशन गर्‍यो ।

डिफेन्डर रोहित चन्द र गोलरक्षक किरणले विपक्षीका केहि आक्रमणलाई विफल पारेका थिए । नेपालले खेलको ८१औं मिनेटमा राम्रो अवसर पाएको थियो । मनिष डाँगीले पेनाल्टी बक्स नजिकैबाट गरेको कडा प्रहार यूएईका गोलरक्षकले मुस्किलले बचाएका थिए ।

यो खेलपछि नेपालले अब यूएईसँग घरेलु मैदानमा दोस्रो लेग खेल्नेछ । नेपालको समूहमा यूएईसँगै यमन र बहराइन पनि रहेका छन् । नेपाली टोलीले घरेलु मैदानमा आफ्नो पहिलो खेल भने यमनसँग खेल्नेछ ।

यमनविरुद्धको पहिलो लेग मङ्सिर ५ गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने छ । विश्वकप छनोटको प्रारम्भिक चरणमा लाओसलाई हराएपछि नेपालले दोस्रो चरणको खेल खेल्ने अवसर पाएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.