सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशको संसदीय सुनुवाइ प्रक्रिया आजदेखि अघि बढाइँदै

आजको बैठकबाट प्रक्रिया अघि बढाउने संसदीय सुनुवाइ समितिको तयारी

काठमाडौं- सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीशहरुको संसदीय सुनुवाइ प्रक्रिया आजदेखि अघि बढाइँदैछ । न्याय परिषद्ले सर्वोच्च अदालतका लागि प्रस्तावित छ न्यायाधीशको नाम संसदीय सुनुवाइ प्रक्रिया अघि बढाउन हिजो पत्राचार गरेको थियो । परिषद्ले निर्णयसहितको नामावली संसदीय सुनुवाइ समितिमा पठाएको हो ।

नियुक्तिपूर्व संसदीय सुनुवाइ गर्नुपर्ने संविधानको धारा २९२ को प्रावधान अनुसार परिषद्ले पत्राचार गरेको हो । सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले आजको बैठकले सुनुवाइ प्रक्रिया अघि बढाउने जानकारी दिनुभयो । आज क्यानडाका लागि प्रस्तावित राजदूत भरतराज पौडेलको सुनुवाइको कार्यसूचीमा न्यायाधीशहरुको सुनुवाइको प्रक्रिया अघि बढाउने विषय पनि समेटिएको छ ।

सुनुवाइ प्रक्रिया प्रारम्भ भएपछि ४५ दिनभित्र सम्पन्न गर्नुपर्ने व्यवस्था पनि सङ्घीय संसद्को संयुक्त बैठक र समिति सञ्चालनसम्बन्धी नियमावलीमा उल्लेख छ । परिषद्को मङ्सिर ५ गतेको बैठकले सर्वोच्चमा छ जना न्यायाधीश सिफारिस गरेको थियो । परिषद्ले उच्च अदालतको न्यायाधीशबाट शारङ्गा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल र टेकप्रसाद ढुङ्गानालाई सर्वोच्चमा सिफारिस गरेको थियो ।

यस्तै कानुन व्यवसायीबाट वरिष्ठ अधिवक्ताद्वय सुनीलकुमार पोखरेल र बालकृष्ण ढकाललाई सर्वोच्चको न्यायाधीशमा सिफारिस गरिएको थियो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.