नेपालगञ्ज म्याराथनले नेपालगञ्ज र कोहलपुर शहरलाई जोड्ने

बाँके- नेपालगञ्ज म्याराथनको नवौँ संस्करण सुरु भएको । नेपालगञ्ज म्याराथनले देशको ऐतिहासिक सहर नेपालगञ्ज र उदीयमान सहर कोहलपुरलाई जोड्ने आयोजक क्रियटिभ ह्याण्ड्सका संस्थापक टिएस ठकुरीले बताउनुभयो ।
संस्थापक ठकुरीका अनुसार नेपालगञ्ज म्याराथनको विजेताले नगद रु दुई लाख पाउने छन्भने दोस्रो स्थान हासिल गर्नेले एक लाख, तेस्रोले ५० हजार, चौथोले २५ हजार, पाँचौँले १५ हजार, छैटौँले १० हजार, सातौँ र आठौँले समान रु पाँच–पाँच हजार पाउने छन् । म्याराथनमा ३० जनाको सहभागिता छ ।
म्याराथनसँगै हाफ म्याराथन, विद्यालयस्तरीय महिला–पुरुष १० किलोमिट पाँच किलोमिटर दौड, ह्विलचेयर दौड ‘किड्स रन’ पनि भएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.