कमला नदीमा भुत मेलाको तयारी पुरा

सिराहा – तराई मधेशको प्रसिद्ध धार्मिक नदी मानिएको कमला नदीमा सोमबारबाट सुरु हुने भुत मेलाको तयारी पूरा भएको छ । सिरहाको कर्जन्हा नगरपालिका वडा नं. १ स्थित उत्तरवाहिनी नदीमा प्रत्येक वर्ष कात्तिक पूर्णिमाको दिन भुत मेला लाग्ने गर्दछ ।

मेलाको अवसरमा सिरहा, धनुषा, महोत्तरी, सप्तरी, उदयपुर र सिमाबर्ती भारतको मधुबनी, दरभंगा, समस्तीपूर लगायत जिल्लाका लाखाौ‌ मानिस सिरहा र धनुषा स्थित कमला नदीमा स्नानका लागि आउने गर्छन् ।

कमला नदीमा स्नान गरेपछि कमलेश्वरी देवीले तान्त्रिक विद्याको वर दिने जनविश्वास रहेको छ।भूत मेलामा स्नान गरेपछि घर आउने बेलामा भक्तजनहरूले कमला नदी शुद्ध पानी आ–आफ्नो घर लैजाने गर्छन्।

स्नानको समयमा मूल धामीहरुले लोक भाकामा गीत समेत गाउने गर्छन्। जसलाई स्थानीय भाषामा ‘महराई’ भन्ने गरिएको छ।भोलिबाट सुरु हुने मेलामा स्नानका लागि आउने भक्तजनहरुको चहलपहल सुरु भइसकेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.