ज्येष्ठ नागरिक संघ गोरखाद्वारा जाजरकोट भूकम्प पीडितलाई सहयोग

गोरखा- जाजरकोट र रुकुम पच्श्रिमको भूकम्प पीडितका लागि ज्येष्ठ जागरिक संघ गोरखाले २ लाख २१ हजार सात सय ११ रुपैया सहयोग गरेको छ ।

ज्येष्ठ नगरिक संघ गोरखाका अध्यक्ष मोहन लाल श्रेष्ठका अनुसार ज्येष्ठ नगरिक संघ आफैले रु ७० हजार सहयोग गरेको छ । यस्तै संघको आग्रहमा पृथ्वी नारायण साना सहकारी खानेपानि संस्थाबाट ५१ हजार एक सय ११ रुपैया, तिनधारे खानेपानि सहकारी संस्थाकाट ५ हजार र  स्वइच्छाबाट सहयोग प्राप्त ९५ हजार छ सय रुपैया सहयोग उठेको छ ।

सहयोग संकलनबाट प्राप्त २ लाख २१ हजार सात सय ११ रुपैया जिल्ला प्रशासन कार्यलय गोरखा मार्फत राहत कोषमा पठाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.