काठमाडौं रेजर्स हारबाट जोगियो

काठमाडौं – नेपाल सुपर लिग (एनएसएल) मा काठमाडौं रेजर्स हारबाट जोगिएको छ । आज दशरथ रंगशालामा भएको खेलमा एफसी चितवनले ८६ औं मिनेटमा गोल गरेर अग्रता लिए पनि काठमाडौंले ९२ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा टुंग्याएको हो ।

चितवनका नवयुग श्रेष्ठले गोल गरेर अग्रता दिलाए पनि काठमाडौंका जुनियर एकेनगुएले गोल फर्काएर खेल बराबरीमा ल्याएका हुन् । योसँगै काठमाडौंले एनएसएलमा दुई खेलबाट ४ अंक जोडेको छ । चितवनले पनि १ अंक जोडेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.