वित्तीय,प्रशासनिक र कानुनी संघीयता लागु नभएकाे कर्णालीका मुख्यमन्त्री शर्माकाे भनाइ

सुर्खेत-कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले कर्णाली प्रदेशलाई क्षतिपुर्ति सहितको अधिकार चाहिएको बताउनुभयो । उहाले भन्नुभयो कर्णाली प्रदेश पछि परेको होईन, पछि पारिएको प्रदेश भएकाले विशेष अधिकार पाउनुपर्छ । ठूलो र विकट भूगोल भएको कर्णालीमा जनसंख्याको आधारमा वजेट विनियोजन हुनु राम्रो होईन ।
गाउँपालिका राष्ट्रिय महासंघ नेपालले सुर्खेतको विरेन्द्रनगर सुर्खेतमा आयोजना गरेको वित्तीय संघीयता कार्यान्वयन विषयक प्रदेश स्तरिय कार्याशाला कार्यक्रममा मुख्यमन्त्री शर्माले संघीयतालाई कार्यान्वयन गर्न संघ सरकार केन्द्रीकृत मानसिकतावाट मुक्त भएर प्रदेश र स्थानीय तहलाई बलियो बनाउन लाग्नु पर्ने वताउनुभयो ।
कार्यक्रममा राष्ट्रिय सभाका सदस्य खिमलाल देवकोटाले वित्तीय हस्तारण संवैधानिक हक भएपनि कार्यान्वयन नहुनु दुखको विषय भएको वताउनुभयो ।

विज्ञ पुरुषोत्तम नेपालले स्थानीय र प्रदेश सरकारले संघ सरकारले जनतामा दिनुपर्ने सेवा कामको धेरै भन्दा धेरै हिसा ओगटे पनि वित्तिय, प्रशासनी र कानुनी अधिकार दिन नसकेको बताउनुभयो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.