माछापुच्छ्रे गाउँपालिकाकोमा पाँचौ राष्ट्रपति रनिङ शिल्ड सुरू

कास्की –कास्कीको माछापुच्छ्रे गाउँपालिकाको आयोजना एवम् शिक्षा, युवा तथा खेलकुद शाखाको संयोजनमा आजदेखि पाँचौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएकाे छ ।
यही मङ्सिर १६ गतेसम्म चल्ने प्रतियोगितामा गाउँपालिका अन्तर्गत ११ वटा माध्यामिक विद्यालयको सहभागिता हुने शिक्षा शाखा प्रमुख एवम् खेल व्यवस्थापन संयोजक सम्झना पोखरेलले जानकारी दिनुभयो । पालिकाभित्रका विद्यालयस्तरबाट नै खेलाडी उत्पादन गर्ने र सम्भावित प्रतिभालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरसम्म उजागर गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको उहाँले बताउनुभयो ।
सम्पूर्ण विधामा प्रथम हुने विद्यालयले १५ हजार, द्वितीय हुनेले रु १० हजार र तृतीय हुनेले रु सात हजार, ट्रफि मेडल र प्रमाणपत्र पाप्त गर्ने छन् । प्रतियोगितामा सहभागी ११ वटा विद्यालयबाट तीन सय ८३ विद्यार्थीको खेलमा प्रत्यक्ष सहभागिता रहने जनाइएको छ ।
माछापुच्छ्रे गाउँपालिका–४ लाहाचोकस्थित महेन्द्र माध्यामिक विद्यालयको खेल मैदानमा सञ्चालन हुन प्रतियोगितामा छात्रछात्रा भलिवल, कवड्डी, लङजम्प, हाइजम्प, ट्रिपलजम्म लगायतका खेल सञ्चालन हुने आयोजकले जनाएको छ ।
यसअघि चौँथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा महेन्द्र माध्यमिक विद्यालयले ११ स्वर्ण पाँच रजत र तीन कास्य पाप्त गरी प्रथम, माछापुच्छ्रे माविले चार स्वर्ण तीन रजत र तीन कास्य पाप्त गरी दोस्रो र उदया माविले चार स्वर्ण, दुई रजत दुई कास्यका साथ तेस्रो स्थान हासिल गरेको थियो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.