लोपाेन्मुख राज गोमनको उद्धार

पाल्पा- पूर्वी पाल्पाको रामपुर नगरपालिका–८, पिल्टारमा भेटिएको लोपउन्मुख राज गोमन – किङ कोब्रा सर्पको उद्धार गरिएको छ ।
वसन्त कुमालले आफ्नै घरमा सञ्चालन गर्नुभएको किराना पसलमा भेटिएको किङ कोब्रालाई उद्धार गरी सुरक्षित स्थानमा छाडिएको छ । शनिवार साँझ भाले राज गोमन नामक सर्प भेटिएपछि घरपरिवार र स्थानीयले रामपुर सब डिभिजन वन कार्यालयमा खबर गरेका थिए ।

रामपुर सब डिभिजन वन कार्यालय र इलाका प्रहरी कार्यालय रामपुरको समन्वयमा सर्प उद्धारकर्ता सागर पाण्डे र प्रशान्त अधिकारीले उद्धार गर्नुभएको हो । उद्धार गरिएको सर्प रामपुर क्षेत्रमा बस्ती बाक्लो भएकाले सुरक्षित प्राकृतिक वासस्थानमा लगेर छाडिएको रामपुर सब डिभिजन वन कार्यालयका वन रक्षक केशबहादुर खण्डलुकले जानकारी दिनुभयो ।

सर्प ९ फिट लामो र ४ केजी ३ सय ग्राम तौलको थियो । सर्प उद्धारकर्ता पाण्डेले यस सहित ५८ वटा किङ कोब्रा प्रजातिको सर्प उद्धार गरिसकेको जानकारी दिनुभयो । हालसम्म विभिन्न प्रजातिका साढे १३ हजार सर्पको उद्धार गरिसकेको बताउनुभयो ।

पर्यावरणलाई अनुकूल राख्न सर्पले ठुलो मद्दत गर्ने हुँदा कुनै पनि सर्प देखेमा नमार्न र विना अनुभव नियन्त्रणमा लिने प्रयास नगर्न समेत सर्प उद्धारकर्ता पाण्डेले अनुरोध गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.