प्रमुख व्यापारिक नाका वीरगन्जकाे राजश्व सङ्कलन घट्याे

पर्सा- देशकै प्रमुख व्यापारिक नाका वीरगन्जको राजश्व सङ्कलन दिनानुदिन घट्दै गएको छ । भन्सार विभागले दिने राजश्व सङ्कलनको लक्ष्य हासिल गर्न अब्बल देखिएको वीरगन्ज भन्सार कार्यालय पछिलो चार महिना देखि लक्ष्य हासिल गर्न चुक्दै आएको छ ।
चालु आर्थिक वर्षको पहिलो महिनामा वीरगन्ज भन्सार कार्यालयले लक्ष्य भन्दा २४ प्रतिशत कम राजश्व सङ्कलन गरेको थियो भने, भदौं र असोज महिनामा लक्ष्य भन्दा ३४ र कार्तिक महिनामा लक्ष्य भन्दा ४९ प्रतिशत कम राजश्व सङ्कलन गरेको छ । चालु आवको साउन महिनाका लागि विभागतले १५ अर्व ६२ करोड ३७ लाख रुपैया राजश्व सङ्कलनको लक्ष्य दिएको तुलनामा कार्यालयले लक्ष्यभन्दा ३ अर्ब ७५ करोड ३२ लाख कम आर्थात ११ अर्ब ८६ करोड ८४ लाख रुपैया मात्र सङ्कलन गरेको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ ।
त्यसै भदाै महिनाका लागि विभागले १९ अर्ब ३८ करोड ६ लाख रुपैयाँ राजश्व सङ्कलनको लक्ष्य दिएको तुलनामा १२ अर्ब ७१ करोड २२ लाख रुपैया राजश्व सङ्कलन भएको वीरगन्ज भन्सार कार्यालयका सुचना अधिकारी रामचन्द्र शर्मा ढकालले जानकारी दिनुभयो । उहाँले असोज महिनाका लागि विभागले २१ अर्ब ८४ करोड १९ लाख रुपैया राजश्व सङ्कलनको लक्ष्य दिएको तुलनामा कार्यालय १४ अर्ब २७ करोड ४४ लाख र कात्तिर्क महिनाको लक्ष्य २० अर्ब ४३ करोड ८८ लाखको तुलनामा कार्यालयले १० अर्ब ११ करोड ६ लाख रुपैया राजश्व सङ्कलन गरेको बताउनुभयो।
चालु आर्थिक वर्षको कार्तिक महिनासम्मका लागि विभागले ७७ अर्ब २८ करोड ५२ लाख रुपैया राजश्व सङ्कलनको लक्ष्य दिएको तुलनामा कार्यालयले लक्ष्य भन्दा ३७ प्रतिशत कम अर्थाक ४९ अर्ब १८ करोड ३३ लाख रुपैया मात्र राजश्व सङ्कलन गर्न सफलभएको सुचना अधिकारी ढकालले जानकारी दिनुभयो। उहाँले विध्यमान आर्थिक मन्दि र अस्थितर राजनीतिकका कारण मुलुक भित्रको आर्थिक गतिविधि सुस्ताउदै गएपछि त्यसको प्रभाव राजश्व सङ्कलन देखिएको बताउनुभयो।
वीरगन्ज भन्सार कार्यालयलाई इन्धन र वाहनको आयातबाट मात्र ४० प्रतिशत भन्दा बढी राजश्व सङ्कलन हुने गरेको छ र दुवै वस्तुको आयात घट्दै गएकाले रावश्व सङ्कलनको लक्ष्य हासिल गर्न नसकिएको सुचना अधिकारी ढकालले जानकारी दिनुभयोे । उहाँले वीरगन्ज नाका प्रयोग गरी नेपालका लागि आयात हुने इन्धनको राजश्व गत वर्षको तुलनामा ४५ प्रतिशत र वाहनबाट सङ्कलन हुने राजश्वमा १० प्रतिशतले कमि आएको बताउनुभयो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.