यू-१९ एसिया कप : पाकिस्तानसमक्ष नेपालले दियो १ सय ५३ रनको लक्ष्य

काठमाडौँ- एसिसी उन्नाइस वर्षमुनि (यु–१९) एसिया कप क्रिकेट प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालले पाकिस्तानलाई जितका लागि एक सय ५३ रनको लक्ष्य दिएको छ ।
संयुक्त अरब ईमिरेट्स (युएई)स्थित दुवईको आइसिसी एकेडेमी–२ क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिले व्याटिङको निम्तो पाएको नेपालले ४७ दशमलव २ ओभरमा सबै विकेट गुमाउँदै एक सय ५२ रनको योगफल बनायो ।
नेपालका लागि उत्तम थापा मगरले अर्धशतक प्रहार गरे । उनले ७६ बलमा ३ चौका र २ छक्काको मद्दतमा ५१ रनको योगदान दिए । त्यसैगरी दीपेश कँडेलले ३१ रन बनाए । उनले छैटौँ विकेटका लागि उत्तम थापामगरसँग ६८ रनको साझेदारी गरे । कँडेलले ५९ बलमा २ चौका र १ छक्काको मद्दतमा ३१ रन बनाए ।
ओपनर अर्जुन कुमालले २१ रन जोडे । उनले ३७ बलमा ३ चौका प्रहार गरे । खराब ब्याटिङ गरेको नेपालका लागि गुल्सन झा १ रनमै आउट भए । नेपालले १७ ओभरमा ४६ रन जोड्दा सुरुआती पाँच विकेट गुमाएको थियो ।
कप्तान देव खनालले १३ बल खेली शून्यमा आउट भए भने आकाश त्रिपाठी ६ रनमा आउट भए । तिलक भण्डारीले सात र सुवास भण्डारीले अविजित ८ रन बनाए ।
नेपाललाई सस्तैमा समेट्ने क्रममा पाकिस्तानका मोहम्मद जिशानले छ विकेट लिए । साथै अमिर हसनले दुई तथा उबेद शाह र अली असफन्दले समान एक-एक विकेट लिए ।
यसैबीच, नेपालले सातौँ ओभरको खेल चलिरहँदा २ विकेट लिएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.