महिलाले अवसरसंगै क्षमतामा अभिवृद्धि गर्नुपर्ने मन्त्री आचार्यको भनाई

काठमाडौं- महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्र आचार्यले महिलाले नेतृत्व गरेको ठाँउमा भ्रष्टाचार कम हुने बताउनुभएको छ । नेपाल प्रेस युनियनको महिला विभागले काठमाडौंमा आज गरेको समान सहभागिताकालागि संचारकर्मीको भूमिका विषयमा गरेको अन्तरक्रिया कार्यक्रममा बोल्नुहुदै मन्त्री आचार्यले महिलाले नेतृत्व गरेको स्थानमा भ्रष्टाचार नहुने बताउनुभयो ।
उहाँले महिलाकालागि अधिकार पर्याप्त भएको बताउनु हुदै त्यसकालागि क्षमतामा पनि अभिवृद्धि गर्दै जानुपर्ने बताउनुभयो ।

कार्यक्रममा नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले पत्रकारितामा महिलाको संख्या उल्लेख्य भएको बताउदै संगठनमा पनि समान सहभागितकालागि आफु निरन्तर लागेको बताउनुभयो ।

युनियनका सल्लाहाकार अनिता बिन्दुले महिलासम्बन्धि नीति नै बलियो हुनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.