यू-१९ एशिया कप : अफगानिस्तानले नेपाललाई दियो २६२ रनको लक्ष्य

काठमाडौँ- युनाइटेड अरब इमिरेट्समा जारी यू-१९ एशिया कप क्रिकेटमा आज नेपालले समूह चरणको आफ्नो दोस्रो खेल अफगानिस्तानसँग प्रतिस्पर्धा गरिरहेको छ ।
युएइको दुवाईस्थित आइसिसी एकेडेमी ग्राउण्ड टु मा भएको खेलमा अफगानिस्तानले नेपाललाई २६२ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
अफगानिस्ताले ४९.३ ओभरको खेलमा सबै विकेट गुमाएर २ सय ६१ रन बनाएको थियो ।
अफगानिस्तानका जाम्सीद जार्दानले शतक प्रहार गरे।
टस जितेर नेपालले फिल्डिङ रोजेको थियो ।
समूह चरणको तेस्रो खेल नेपालले मंगलवार भारत विरुद्ध खेल्नेछ ।।
प्रतिक्रिया राख्नुहोस्