नेत्रहीन टी-२० क्रिकेट सिरिजमा नेपालद्वारा भारत १० विकेटले पराजित

काठमाडौं- भारतको मुम्बईमा भइरहेको महिला नेत्रहीन टी-२० क्रिकेट सिरिजको तेस्रो खेलमा नेपालले भारतमाथि १० विकेटको सानदार जित हात पारेको छ ।

ओपनरद्वय बिनिता पुन र मनकेशी चौधरीले उत्कृष्ट ब्याटिङ गर्दै नेपालले सिरिजमा पहिलो जित दिलाएका हुन् । दुवैले अविजित रहँदै अर्धशतक बनाए ।

ओपनरद्वय बिनिता पुन र मनकेशी चौधरीले उत्कृष्ट ब्याटिङ गरेपछि नेपालले सिरिजमा पहिलो जित हात पारेको हो । भारतले दिएको १७२ रनको लक्ष्य नेपालले १९.१ ओभरमा पूरा गर्‍यो ।

नेपालका लगि कप्तान बिनिताले नटआउट ७८ रन र मनकेशी चौधरीले ७५ रन जोडे । पुनले ६० बलमा ७ चौका र चौधरीले ५७ बलमा ५ चौका प्रहार गरे ।

यसअघि पहिले ब्याटिङ गरेको भारतले ४ विकेटको क्षतिमा १७१ रन जोडेको थियो । भारतका लागि सिमु दासले ८४ रन जोडिन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.