नेपाल सुपर लिग: स्पोर्टिङ इलाम र एफसी चितवन बीचको खेल गोलरहीत बराबरी

काठमाडौँ – नेपाल सुपर लिग २ अन्तर्गत आजको पहिलो खेलमा वीरगन्ज युनाइटेड फुटबल क्लबलाई हराउँदै पोखरा थन्डर्स विजयी भएको छ । दशरथ रंगशालामा भएको खेलमा पोखराले वीरगन्जलाई २-१ ले पराजित गरेको हो ।

पहिलो हाफमा लिएको अग्रता नै पोखराको तेस्रो जितका लागि पर्याप्त रह्यो । पोखराका लागि मोजेस ग्याबा र जो आइदुले १-१ गोल गरे । आजको जितसँगै पोखरा ६ खेलमा ११ अंक जोड्दै दोस्रो स्थानमा उक्लिएको छ । यता वीरगन्ज ६ खेलमा ५ अंकका साथ पुछारबाट दोस्रोमा छ ।

आजै भएको दोस्रो खेलमा नेपाल स्पोर्टिङ इलाम र एफसी चितवनले गोलरहित बराबरी खेलेका छन् । यो बराबरीले चितवनको प्ले अफमा पुग्ने संभावना कमजोर बनेको छ । चितवन ७ खेलबाट ६ अंक जोड्दै सातौं स्थानमा छ । आजको बराबरीले इलामको प्ले अफमा पुग्ने भने संभावना भने सकिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.