मध्यपहाडी लोकमार्ग मर्मतमा झण्डै १५ करोड लाग्ने

दुई जिल्लाको ६२ किलोमिटर सडकका विभिन्न भागहरु चर्किएर क्षति

रुकुम पश्चिम – भूकम्पबाट रुकुम पश्चिम र जाजरकोटमा पर्ने मध्यपहाडी लोकमार्ग मर्मतका लागि करिब १५ करोड रकम लाग्ने भएको छ । दुई जिल्लाको ६२ किलोमिटर सडक खण्डको मर्मत तथा पुनर्निर्माणमा १५ करोड रकम लाग्ने भएको हो ।
रुकुम पश्चिम खण्डको हासिबाङ्ग देखि चौरजहारी सम्मको ३१ किलोमिटर र जाजरकोट खण्डको थलह देखि सुयाडा सम्मको ३१ किलोमिटर सडक मर्मतमा सो रकम लाग्ने मध्यपहाडी राजमार्ग योजना कार्यालय दैलेखका प्रमुख कुशलता न्यौपानेले बताउनुभयाे ।
उहाँका अनुसार भूकम्प पछिको स्थलगत निरीक्षणबाट दुई जिल्लाको ६२ किलोमिटर सडकका विभिन्न भागहरु चर्किएर क्षति भएको पाइएको छ । सडक क्षतिकै कारण मध्यपहाडी लोकमार्गको पुनः मर्मत र निर्माणमा १४ करोड ८५ लाख रकम लाग्ने अनुमान गरिएको न्यौपानेले बताउनुभएको हाे ।
जसअन्तर्गत रुकुम पश्चिम खण्डमा ९ करोड ५ लाख र जाजरकोट खण्डमा ५ करोड ८० लाख रकम सडक मर्मतमा लाग्ने बताइएको छ ।

मध्यपहाडी राजमार्ग योजना कार्यालय दैलेखले रुकुम पूर्वको पातीहाल्ने देखि अछामको चौखुट्टे सम्मको ४ सय ३ किलोमिटर सडक कालोपत्र गर्ने जिम्मा लिएको छ ।

जसमध्ये ३ सय १८ किलोमीटरमा कालोपत्र गरेर सकिएको छ । बाँकी ८५ किलोमिटरमा हाल निर्माण कार्य चलिरहेको योजना कार्यालय दैलेखले बताएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.